सप्तरीमा छवटा पुल निर्माण सम्पन्न, सातवटा अन्तिम चरणमा
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत १२ गते । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरी जिल्लामा छवटा पुल निर्माण सम्पन्न भएका छन् भने अन्य सात पुलको काम अन्तिम चरणमा पुगेको लहानस्थित सडक डिभिजन कार्यालयले जनाएको छ। निर्माण सम्पन्न भएका पुलहरूमा लोड टेस्ट बाँकी रहेको र ती पुल सप्तरीको सडक सञ्जाल विस्तारका लागि महत्वपूर्ण ठहरिएका छन्। देवधार, घोडदह, मुत्तनी, बेल्हा, खिरखौका र महुली नदीमा करोडौं रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका पुलहरूले अब जनतालाई सहज यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसैबीच, ललापट्टी–बुटनपोखरी भलवाही, विसहरिया–१ भलवाही खोलालगायतका पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको इञ्जिनियर सुरेन्द्र दासले जानकारी दिए। दुधैला, मुत्तनी, र भवररा नदीमा निर्माणाधीन पुलहरूको भौतिक प्रगति ८० देखि ९० प्रतिशतसम्म पुगेको छ। पुल निर्माणले ग्रामीण क्षेत्रको सडक सञ्जाल मजबुत बनाउने र बाढी–पहिरोका बेला समेत आवतजावत सहज हुने आशा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments