भारतको कदमप्रति तत्काल प्रतिक्रिया नदिन पाकिस्तानको निर्णय
4 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख ११ गते ।भारतले पहलगाम आक्रमणपछि चालेका कदमहरूमा पाकिस्तानले तत्काल प्रतिक्रिया नदिने बताउँदै, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमाथि कडा आरोप लगाएका छन्। बीबीसी उर्दूअनुसार एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले पहलगाम आक्रमण निन्दनीय भएको भन्दै आतंकवादलाई कुनैपनि हालतमा समर्थन गर्न नसकिने बताए। यद्यपि भारतले सिन्धु जल सन्धि खारेज गरेपछि पाकिस्तानको सुरक्षा संयन्त्र पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै, भारतले हवाई आक्रमणको प्रतिक्रिया स्वरूप 'अभिनन्दन प्रकरण' स्मरणीय रहेको चेतावनी दिएका छन्।
आसिफले बलुचिस्तानमा भारतको संरक्षणमा आतङ्कवाद फस्टाएको आरोप लगाउँदै भारतले पृथकतावादीहरूलाई आश्रय र उपचारको सुविधा दिएको पनि दाबी गरे। उनले पहलगाम घटनालाई भारतले आफैँ सिर्जना गरेको सम्भावना समेत व्यक्त गर्दै, कश्मीरमा दशौँ वर्षदेखि तैनाथ सात लाख भारतीय सैनिकको भूमिकामाथि प्रश्न उठाए। उनका अनुसार भारतले अन्यमाथि दोष थोपर्नुभन्दा घटनाको जिम्मेवारी स्वयं लिनुपर्छ।
कमेन्ट गर्नुहोस्
view comments