पहलगाम हमलापछि भारतको कडा कदम: अटारी-वाघा सीमा बन्द, पाक नागरिकलाई ४८ घण्टामा देश छोड्न आदेश

3 महीना पहिले प्रकाशित

एजेन्सी, वैशाख ११ गते ।कश्मीरको पहलगाममा २८ पर्यटकको ज्यान लिने आतङ्कवादी आक्रमणपछि भारत सरकारले पाकिस्तानप्रति कडा प्रतिक्रिया जनाएको छ। अटारी-वाघा सीमा तत्काल प्रभावबाट बन्द गरिएको छ भने भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्दै उनीहरूलाई ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिइएको छ। साथै, भारतमा पाकिस्तान सरकारको एक्स (पूर्व ट्विटर) खाता प्रतिबन्धित गरिएको छ र दिल्लीस्थित पाकिस्तानी उच्चायोगको सुरक्षा हटाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको आकस्मिक बैठक बसेको छ जसमा पाकिस्तानसँग कूटनीतिक सम्बन्ध कटौती गर्नेसम्मको निर्णय गरिएको छ। सन् १९६० मा भएको सिंधु जल सन्धि पनि हालका लागि स्थगित गरिएको छ। यस्तै, सर्वदलीय बैठक बोलाएर विपक्षी दललाई समेत राष्ट्रिय सुरक्षासम्बन्धी सूचनामा सहभागी गराउने तयारी सरकारले गरेको छ, जसले राष्ट्रिय एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?