धनुषामा बसको ठक्करले ७४ वर्षीया वृद्धाको ज्यान गयो
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १० गते । धनुषा जिल्लाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे ना. ५ ख. ६१०० नम्बरको बसले ठक्कर दिँदा ७४ वर्षीया दुर्गादेवी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले वृद्धालाई ठक्कर दिएको थियो। घटनाको मुचुल्का तयार पारिएको र शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments