'थ्यांक्यु पाकिस्तान' लेख्दै पहलगाम हमलाको खुसी मनाउने युवक पक्राउ
11 घन्टा पहिले प्रकाशित

एजेन्सी,, वैशाख १० गते । कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि झारखण्डको बोकारो निवासी मोहम्मद नौशादले आफ्नो सामाजिक सञ्जालमा पाकिस्तान र लश्कर-ए-तैयबालाई धन्यवाद दिँदै आपत्तिजनक टिप्पणी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। २३ अप्रिल २०२५ को उक्त हमलामा २८ निर्दोष व्यक्तिको ज्यान गएको थियो, जसले सम्पूर्ण भारतलाई शोकमा डुबायो, तर नौशादले उल्टै यस घटनालाई उत्सवका रूपमा मनाउँदै ‘थ्यांक्यु पाकिस्तान, थ्यांक्यु लश्कर-ए-तैयबा’ लेखेका थिए।
बोकारोको बालीडीह क्षेत्रका निवासी नौशादको पोस्ट भाइरल भएपछि थाना प्रमुख नवीन कुमारको नेतृत्वमा उनलाई तुरुन्तै पक्राउ गरिएको हो। हाल उनका सामाजिक सञ्जाल खाताहरू खंगालिँदै छन् र थप अनुसन्धान भइरहेको छ। भाजपा विधायक सीपी सिंहले यस्तो मानसिकता भएका व्यक्तिहरूलाई ‘आस्तीनको सर्प’ भन्दै कडा कारबाहीको माग गरे। उनले भने, “देशभित्र लुकेर स्लीपर सेल जस्तै गतिविधि गरिरहेका यस्ता देशद्रोहीहरूलाई कुनै पनि हालतमा माफ गर्न मिल्दैन।”
कमेन्ट गर्नुहोस्
view comments