नवप्रवर्तन परियोजनाका लागि मधेश प्रदेश सरकारको आग्रह, चार करोडसम्म अनुदानको अवसर

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १० गते । मधेश प्रदेश सरकारले नवप्रवर्तनसम्बन्धी परियोजना गर्न चाहने स्थानीय तहलाई चार करोड रुपैयाँसम्मको अनुदान सहयोग प्रदान गर्ने तयारी गरेको छ। प्रदेश सरकारले २१ वैशाखसम्म अवधारणा पत्र पेश गर्न आग्रह गर्दै पूर्वाधार, सञ्चार, अटोमेसन, रोजगारीजस्ता क्षेत्रलाई समेट्ने नवप्रवर्तन परियोजनाहरूको लागि आवेदन खुला गरेको हो। इच्छुक पालिकाहरूले फारम भरिसकेपछि ipf.plgsmadhesh@gmail.com मा ईमेलमार्फत पठाउन सक्नेछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जय कुमार राउतका अनुसार, नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत चालु आर्थिक वर्षमा Innovative Partnership Fund (IPF) मार्फत अनुदान प्रदान गरिनेछ। एक स्थानीय तहले एकल रूपमा वा अन्य संस्था/व्यक्तिसँग साझेदारीमा आवेदन दिन सक्नेछ भने दुई वा बढी स्थानीय तह मिलेर परियोजना तयार गरेमा चार करोड रुपैयाँसम्म अनुदान प्राप्त गर्न सकिने व्यवस्था छ। विशेषगरी न्यून आम्दानी भएका पालिकाहरूलाई कम लगानीमै बढी सहयोग प्रदान गरिने व्यवस्था रहेको राउतले जानकारी दिए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?