पर्यटकको हत्या गर्ने आतंककारीहरूको स्केच सार्वजनिक, खोजी अभियान तीव्र

18 घन्टा पहिले प्रकाशित

एजेन्सी,वैशाख १० गते । जम्मु-कश्मीरको पहलगामस्थित बैसरन क्षेत्रमा २२ अप्रिल २०२५ मा भएको आतंकी हमलामा २६ जना पर्यटकको ज्यान गएको घटनामा संलग्न आतंककारीहरूको प्रारम्भिक स्केच सार्वजनिक गरिएको छ। सुरक्षास्रोतका अनुसार, ती आतंककारीहरू आसिफ फौजी, सुलेमान साह र अबू तलहा हुन्। उनीहरू हमलापछि नजिकैको पहाडी जंगलमा भागेका छन् र सुरक्षाबलहरूद्वारा व्यापक खोजी अभियान जारी छ।

जाँचमा खुलासा भएको छ कि यी आतंककारीहरू दुई हप्ता अघि भारतीय सीमाभित्र प्रवेश गरेका थिए। राजौरी हुँदै वधावन र उधमपुर पार गर्दै उनीहरू पहलगाम पुगेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, आतंककारीहरूले सेना जस्तै क्यामोफ्लाज पोशाकमा बैसरन घाटीमा प्रवेश गरी पर्यटकहरूलाई लक्षित गर्दै अन्धाधुन्ध गोलीबारी गरेका थिए। घटनास्थलबाट M4 कार्बाइन र AK-47 जस्ता हतियारहरू प्रयोग गरिएको पुष्टि भएको छ।

यस हमलाको जिम्मेवारी लश्कर-ए-तैयबासँग सम्बद्ध 'द रजिस्टेन्स फ्रन्ट' (TRF) नामक संगठनले लिएको छ। भारतीय सुरक्षा एजेन्सीहरूले यस घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत अनुसन्धान र आतंककारीहरूको खोजी अभियान तीव्र पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?