जनकपुरधाम–कुर्था सडकमा ट्याक्टर र टेम्पो ठोक्किँदा दुई गम्भीर घाइते, ट्रयाक्टर चालक फरार
2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम–२१ स्थित कुर्था नजिकै पिडारी–कुर्था सडकखण्डमा सोमबार दिउँसो ट्याक्टर र टेम्पो आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्। जनकपुरधामको पिडारीबाट कुर्थातर्फ गइरहेको ज.१.त. ३३१५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको टेम्पोमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा टेम्पो चालकसहित दुई जना गम्भीर घाइते भएका छन्।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घाइतेहरूलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएको जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार ट्याक्टर चालक दुर्घटनापछि सवारीसहित फरार भएका छन्। प्रहरीले ट्रयाक्टर र चालकको खोजी गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments