विवाहिता प्रेमीसँग घरमै रमाउँदै, संदूकभित्र लुकाएको आशिक भेटिएपछि हंगामा

4 घन्टा पहिले प्रकाशित

एजेन्सी,वैशाख ९ गते । हरियाणाको फतेहाबाद थाना क्षेत्रको एक गाउँबाट अचम्मित पार्ने घटना बाहिर आएको छ। एक विवाहिता महिलाले आफ्ना श्रीमान् बाहिर रहेको मौका छोपी आफ्ना प्रेमीलाई घरमै बोलाइन्। पकडिने डरले उनले प्रेमीलाई लकबाकस (संदूक) भित्र लुकाइन्। ससुराल पक्षको शंका गहिरिँदा जब संदूक खोलियो, त्यसमा प्रेमी अजय लुकेर बसेको भेटिएपछि सबै अवाक भए। हाल यो घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ।

जानकारी अनुसार, विवाहिता महिला ट्रक चालककी पत्नी हुन्, जसका श्रीमान् प्रायः कामको सिलसिलामा घरबाहिर नै रहन्छन्। घरमा सासु, ससुरा, जेठ र जेठानी बस्छन्। आइतवार रात उनले आफ्ना प्रेमी अजयलाई भेट्न बोलाइन्। जब घरका सबै सदस्य निद्रामा थिए, अजय चुपचाप कोठामा पसे। राति करिब १ बजे जेठको निद्रा खुल्दा कोठाभित्रको खुसर-पुसर सुनेर शंका गरिएपछि ढोका खटखटाइयो।

ढोका खोल्न ढिलाइ भएपछि शंका अझ बलियो बन्यो। ढोका खुल्ने बित्तिकै कोठामा खोजतलास गर्दा लकबाकस खोलेपछि त्यहाँ प्रेमी अजय लुकेको भेटियो, जो भित्रै श्वास रोक्दै बसेका थिए। घटना सार्वजनिक भएपछि गाउँमा चर्चा सुरु भएको छ भने प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?