एजेन्सी, वैशाख ८ गते । हरियाणाको बल्लभगढ़मा तीन दिनदेखि कोमामा रहेका गौरव तेवतियाको निधन भएको छ। उनीमाथि आफ्नै मंगेतरले प्रेमीसँग मिलेर योजनाबद्ध तरिकाले हमला गराएकी थिइन्। १७ अप्रिलमा गौरवमाथि उनको प्रेमिकाको पूर्वप्रेमी सौरव र साथी सोनूले मिलेर हमला गरेका थिए। हमला यति क्रूर थियो कि गौरवका हातखुट्टा १५ ठाउँमा भाँचिएका थिए र उनी त्यही दिनदेखि कोमामा थिए। १५ अप्रिलमा उनको सगाइ भएको थियो भने १९ अप्रिलमा बिवाह हुन लागेको थियो।
गौरव बीपीटीपी क्षेत्रको एक निजी विद्यालयमा पीटीआई शिक्षक थिए। उनको अन्त्येष्टि आइतबार गाउँ सोतईमा गरिएको छ। बल्लभगढ़ प्रहरी प्रवक्ताका अनुसार, घटनामा संलग्न सौरव (तिगांव निवासी) र उसका साथी सोनू (बागपतको घिटोरा गाउँका, हाल तिगांवमा बसोबास) लाई पक्राउ गरिएको छ। उनीहरूमाथि हत्या अभियोगमा मुद्दा दर्ता गरिएको छ। सोधपुछमा खुलासा भएको छ कि सौरव र गौरवकी मंगेतरबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो। जब युवतीको बिवाह गौरवसँग तय भयो, सौरवले रीस र ईर्ष्यामा भरिएर यो जघन्य अपराध योजनाबद्धरूपमा अंजाम दिएको प्रहरी अनुसन्धानमा देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments