एलन मस्कले आमालाई भारतमै पठाए विशेष उपहार, ७७औं जन्मदिन मनाउँदै मेये मस्कले भनिन्— ‘धन्यवाद एलन!’
1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख ८ गते । टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्ककी आमा मेये मस्कले आफ्नो ७७औं जन्मदिन भारतको मुम्बईमा मनाएकी छन्। मेये मस्क स्वयं एक चर्चित मोडल र पोषण विशेषज्ञ हुन्। जन्मदिनको अवसरमा एलनले आफ्नी आमालाई विशेष उपहारस्वरूप फूलहरू पठाएका थिए। यो उपहार उनले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा सेयर गर्दै खुशी व्यक्त गरेकी छन्। मेयेले लेखेकी छन्— “एलन मस्क, मुम्बईमा जन्मदिनको अवसरमा फूल पठाएकोमा धन्यवाद। ७७ वर्षको हुनु निकै राम्रो अनुभव हो।”
एलन मस्कले पनि आफ्नी आमालाई भावुक सन्देशमार्फत शुभकामना दिएका छन्। उनले लेखेका छन्— “आमा, म तपाईंलाई माया गर्छु। जीवनका सबै कुराहरूका लागि धन्यवाद।” मेयेका अनुसार उनका तीन सन्तान— एलन, किम्बल र टोस्का मस्क— सधैं मिलेर उनको जन्मदिन विशेष बनाउने गर्छन्। ५० वर्षभन्दा बढी समयसम्म मोडलिङमा सक्रिय रहेकी मेये मस्कले हालै टोरन्टो विश्वविद्यालयबाट मानार्थ डाक्टरेट उपाधि समेत प्राप्त गरेकी हुन्।
कमेन्ट गर्नुहोस्
view comments