वीरगन्जमा कर्फ्यू आदेश राति १२ बजेसम्म लम्ब्याइयो

5 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ३१ गते ।  पछिल्ला दिनमा उत्पन्न सुरक्षा संवेदनशीलता र सार्वजनिक शान्ति व्यवस्था कायम गर्नका लागि पर्सा जिल्लाको वीरगन्ज क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नाममा जारी आदेशअनुसार कर्फ्यूको समयावधि आज राति १२:०० बजेसम्म लम्ब्याइएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी आदेशले बाईपास रोड (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) बीचको क्षेत्रलाई कर्फ्यू क्षेत्र तोकिएको छ। सो क्षेत्रमा कुनै प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन वा भीडभाड पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले जनताको सुरक्षालाई प्राथमिकता दिँदै सबैलाई आदेशको पालना गर्न आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?