क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गोल
3 वर्ष पहिले प्रकाशित
१७ मंसिर
क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३(२ ले पराजित गरेको छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।
रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २(१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए ।
त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २(२ को अवस्थामा पुग्यो ।
तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३(२ ले विजयी भयो ।
आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि भिएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गरे ।
जितपछि युनाइटेडले १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ ।
यस्तै लिगकै अर्को खेलमा टोटनहम हट्सपरले ब्रेन्टफोर्डलाई २(० ले पराजित गरेको छ ।
टोटनहमका लागि हेउन मिन सनले एक गोल गरे भने ब्रेन्टफोर्डका सर्जी कानोसले एक आत्मघाती गोल गरे । जितपछि टोटनहम १३ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
view comments