वक्फ संशोधन विधेयकमा एनडीएको समर्थन, महागठबन्धन निराश

5 दिन पहिले प्रकाशित

एजेन्सी, चैत २० गते । बिहारको सत्तारुढ गठबन्धन एनडीएले वक्फ संशोधन विधेयकमा एकताबद्ध समर्थन जनाउँदै महागठबन्धनलाई ठूलो झड्का दिएको छ। बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेड (जदयू)का प्रमुख नीतीश कुमारले विधेयकको समर्थनमा पत्र जारी गर्दै आफ्नो अडान स्पष्ट पारेका छन्। लोक जनशक्ति पार्टी (रामविलास)का अध्यक्ष तथा केन्द्रीय मन्त्री चिराग पासवानले पनि विधेयकको पक्षमा दृढता देखाउँदै मुस्लिम मतको विरुद्ध उभिन पछि परेनन्। जदयू, लोजपा (रामविलास) र हिन्दुस्तान आवाम मोर्चाले आफ्ना सांसदहरूलाई संसदमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिँदै एनडीएभित्रको ऐक्यबद्धता झल्काएका छन्।

यस विधेयकलाई लिएर बिहारको राजनीति तरंगित भएको छ। भाजपा पछिल्लो समय उत्तर प्रदेशको शैलीमा पिछडिएको वर्ग, दलित तथा अतिपिछडाहरूलाई आफ्नो पक्षमा तान्ने रणनीतिमा अघि बढिरहेको देखिन्छ। केन्द्रीय मन्त्री जीतनराम माझीले त वक्फ विधेयक पारित भएपछि "मोदी है तो मुमकिन है" भन्ने नारा मुस्लिम समुदायबाट पनि आउने दाबी गरेका छन्। आठ घण्टा लामो बहसका लागि तय गरिएको यस विधेयकले बिहारको राजनीतिक समीकरणलाई नयाँ मोड दिने संकेत देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?