प्रेमीलाई छोडेर सरकारी जागिरे बुबासँग विवाह

2 महीना पहिले प्रकाशित

पटना (बिहार), माघ २९ गते । बिहारको अररिया जिल्लामा एक अनौठो विवाहको घटना सार्वजनिक भएको छ, जहाँ एक युवतीले आफ्नै प्रेमीलाई छोडेर उसको सरकारी जागिरे बुबासँग विवाह गरेकी छिन्। अररिया निवासी नेहा र सुमन्तबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो।

सुमन्तका बुबा राजा राम प्रसाद सरकारी कर्मचारी हुन्, भने उनकी पत्नीको पाँच वर्षअघि निधन भएको थियो। सुमन्त बेरोजगार भएकाले राजा राम आफ्ना छोराको विवाहका लागि नेहासँग भेट्न पुगेका थिए। तर, पहिलो भेटमै नेहा र राजा रामबीच प्रेम बस्यो, जसपछि नेहाले बेरोजगार युवकभन्दा स्थिर भविष्य भएको जागिरे बुबालाई नै आफ्नो जीवनसाथी बनाउने निर्णय गरिन्। अन्ततः, नेहा र राजा रामले मन्दिरमा विवाह गरे, जसले स्थानीय क्षेत्रमा ठूलो चर्चा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?