अमेरिकामा विमान र सेनाको हेलिकोप्टर ठोक्किँदा १८ जनाको मृत्यु

3 महीना पहिले प्रकाशित

एजेन्सी वासिंगटन, माघ १७ गते ।  अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किँदा भएको दुर्घटनामा उद्धार टोलीले १८ वटा शव फेला पारेको छ। दुर्घटना अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा भएको थियो। विमानमा ६० यात्रु र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेका थिए।

सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको बेला विमान अवतरणको क्रममा आपसमा ठोक्किएको बताइएको छ। घटनालगत्तै उद्धार टोली परिचालित भएको थियो, जसले नदीमा विमानको भग्नावशेष फेला पारेको छ। हेलिकोप्टरको अवशेष पनि नदीनजिकै भेटिएको अधिकारीहरूले जनाएका छन्। थप उद्धार कार्य जारी रहेको छ भने जीवित यात्रु खोजी कार्य तीव्र पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?