देशभरको मौसम अवस्था: पश्चिमी प्रणालीको प्रभाव, तराईमा हुस्सु
6 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २ गते । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा आंशिक बदली भए पनि मुख्यतया सफा रहनेछ भने राति आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी प्रदेशमा पनि दिउँसो मुख्यतया सफा र राति आंशिक बदली देखिनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा राति आंशिक बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार उच्च हिमाली क्षेत्रका केही भागमा हल्का हिमपात र तराईमा हुस्सु तथा कुहिरो जारी छ। मौसमले सामान्य जनजीवनमा असर नपार्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments