२०८१ को एसईई परीक्षाको तालिका सार्वजनिक, चैत ७ देखि परीक्षा सुरु
3 महीना पहिले प्रकाशित

काठमाडौं, माघ १ गते । २०८१ को एसईई परीक्षा तालिका सार्वजनिक गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले प्रकाशित गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ।
पहिलो दिन, चैत ७ गते, अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ। दोस्रो दिन, चैत ८ गते, अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा पनि यस दिन हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा निर्धारित गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments