वडामा विवाहका लागि अनिवार्य सिफारिस: बाल विवाह न्यूनीकरणमा नयाँ पहल
2 दिन पहिले प्रकाशित
काठमाडौं, पुस २९ गते । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले विवाहको प्रक्रियालाई व्यवस्थित गर्न अनिवार्य रूपमा वडा कार्यालयबाट सिफारिस लिनुपर्ने निर्णय गरेको छ। वडामा बाल विवाहको दर उच्च रहेको कारणले यस्तो कदम चालिएको हो। वडा अध्यक्ष बद्री पन्तका अनुसार, बाल विवाहजस्तो विकराल समस्यालाई न्यूनीकरण गर्न यो निर्णय आवश्यक भएको हो।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकले वडाभित्र भएका ३२ विवाहमध्ये १६ वटा बाल विवाह भएको देखाएको छ। यस परिस्थितिले वडा कार्यालयलाई यस्तो कडाइ गर्न प्रेरित गरेको वडा अध्यक्ष पन्तले बताए। यो निर्णयले बाल विवाह नियन्त्रणमा मात्र होइन, वैवाहिक प्रक्रिया पारदर्शी बनाउन पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments