एमबीबीएस प्रवेश ठगी प्रकरण: पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस २५ गते ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ठगी र आपराधिक लाभको आरोपमा पक्राउ परेका छन्। मोरङ प्रहरीले एमबीबीएस प्रवेश परीक्षा पास गराइदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।

मोरङका एसपी नारायण चिमोरियाले पोखरेललाई पक्राउ गरिएको जानकारी दिए। नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग छोरीको नाम एमबीबीएसमा निकालिदिने भन्दै रकम लिएको आरोप छ। जाहेरी परेपछि केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो।

यो घटनाले शैक्षिक प्रवेश प्रक्रियामा बढ्दो अनियमितताप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?