एसइई परीक्षा आवेदन खुला, फाराम बुझाउने अन्तिम मिति माघ १२
7 दिन पहिले प्रकाशित
काठमाडौं, पुस १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को परीक्षा आवेदन फाराम खुला भएको छ। परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यार्थीहरूले पाँच सय रुपैयाँ दस्तुरसहित माघ १२ गतेभित्र आवेदन फाराम बुझाउनुपर्ने छ।
सूचनामा, सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीको फाराम भर्न, परीक्षा केन्द्र निर्धारण गर्न, र अन्य समन्वयका कामहरू सहज बनाउन निर्देशन दिइएको छ। यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने कार्यतालिका पहिले नै सार्वजनिक भइसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments