कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ, प्रदेश सभा सचिवालयको सूचना

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २६ गते ।  कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् भन्नेबारे प्रदेश सभा सचिवालयले औपचारिक सूचना प्रकाशित गरेको छ। सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यद्वारा जारी गरिएको सूचनामा काठमाडौँ जिल्ला अदालतबाट अधिकारीविरुद्ध लिखत तथा मानव बेचबिखनसम्बन्धी मुद्दामा पक्राउ अनुमति जारी गरिएको जानकारी दिइएको छ।

सचिवालयद्वारा जारी सूचनामा अधिकारीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको उल्लेख छ। अधिकारीविरुद्धको मुद्दाको कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाउने उद्देश्यले उनलाई हिरासतमा राखिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?