अब स्थानीय तहको कर तिर्न लाइन बस्नु नपर्ने, मोबाइल एपमार्फत नै तिर्न सकिने
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक १६ गते । करदाताले मोबाइल एपबाटै स्थानीय तहको कर बुझाउन मिल्ने भएको छ। सरकारी कोषको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार स्थानीय तहमा राजस्व बुझाउनका लागि सञ्चालनमा ल्याइएको स्थानीय तह राजस्व पोर्टल अबदेखि मोबाइल एपमा पनि प्रयोग गर्न सकिने भएको हो।
उक्त एप यहो कात्तिक ११ गतेदेखि सञ्चालनमा आएको कार्यालयले जनाएको छ। कार्यालयले स्थानीय तहको कोष व्यवस्थापनका लागि २०७२ माघदेखि सञ्चालनमा ल्याएको सुत्र प्रणालोमा राजस्व मोड्युल सञ्चालनमा ल्याएको थियो। सोही मोड्युल अन्तर्गत अनलाइनमार्फत नै राजस्व बुझाउन सक्ने गरी २०८० पुसदेखि उक्त पोर्टल सञ्चालनमा ल्याइएको थियो।
हालसम्म अनलाइनमार्फत वेब ब्राउजर प्रयोग गरेर सेवा लिन सक्ने भए पनि कार्यालयले मोबाइल एपबाट पनि यस्तो सुविधा थप गरेको हो। कार्यालयले ‘लोकल लेभल एलएलआरपी नाममा उक्त मोबाइल सञ्चालनमा ल्याएको हो ।
उक्त एप हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ। प्रयोगकर्ताले उक्त एप डाउनलोड गरेर आफैँ खाता खोलेर सम्बन्धित स्थानीय तहमा राजस्व बुझाउन सक्ने व्यवस्था गरेको कार्यालयले जानकारी दिएको छ। नयाँ प्रयोगकर्ताका लागि एप प्रयोग गर्ने तरिकाको जानकारो पनि कार्यालयले एपमै उपलब्ध गराएको छ ।
प्रयोगकर्ताले उक्त एप डाउनलोड गरेर आफैँ खाता खोलेर सम्बन्धित स्थानीय तहमा राजस्व बुझाउन सक्ने व्यवस्था गरेको कार्यालयले जानकारी दिएको छ। नयाँ प्रयोगकर्ताका लागि एप प्रयोग गर्ने तरिकाको जानकारी पनि कार्यालयले एपमै उपलब्ध गराएको छ।
करदाताले स्थानीय तहको क्षेत्राधिकारभित्र रहेका सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, भूमिकर, मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय करलगायतका कर उक्त मोबाइल एपबाट भुक्तान गर्न सक्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments