स्वास्थ्य मन्त्रालयद्वारा बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि वितरण

2 महीना पहिले प्रकाशित

काठमाडौँ , कार्तिक २ गते ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत, ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल तथा १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि वितरण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अभिभावकहरूलाई बालबालिकालाई नजिकको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत औषधि खुवाउन आग्रह गरेको छ। यो कार्यक्रम बालबालिकामा पोषण सुधार गर्न र जुकाबाट हुने समस्याबाट जोगाउन लक्षित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?