तारा एयरले जनकपुरबाट लुक्ला सीधा उडान सुरु गर्यो , पहिलो दिनमै ७ सफल उडान
जनकपुरधाम, असोज १५ गते । तारा एयरले पहिलोपटक जनकपुरबाट लुक्ला सीधा उडान सुरु गरेको छ। पहिलो दिनमै एयरले ७ वटा उडान सफलतापूर्वक सम्पन्न गरेको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार, काठमाडौँको हवाई चापका कारण काठमाडौंबाट उडान अनुमति पाउन गाह्रो भएकोले यात्रुलाई जनकपुरबाट लुक्ला पुर्याउने योजना सुरु गरिएको हो।
जनकपुरबाट उडानको लागि तारा एयरले यति एयरलाइन्ससँग सहकार्य गरेको छ। यति एयरले यात्रुलाई काठमाडौंबाट जनकपुर पुर्याएपछि तारा एयरले जनकपुरबाट लुक्लामा उडान सेवा उपलब्ध गराएको हो। तारा एयरले पहिलो दिन ३५ यात्रुलाई लुक्ला पुर्याएको छ भने लुक्लाबाट १०५ यात्रुलाई जनकपुरमा ल्याएको बताइएको छ।
यस सेवा अन्तर्गत काठमाडौंबाट सिधै लुक्ला उडानको सट्टा यात्रुलाई जनकपुरको वैकल्पिक मार्गबाट यात्रा गराउँदै पर्वतीय क्षेत्रका पर्यटकलाई सहज बनाउने लक्ष्य तारा एयरले लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments