नेपाल पत्रकार महासङ्घको निर्वाचनको लागि उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा स्थगित
3 महीना पहिले प्रकाशित
काठमाडौं, २०८१ आश्विन ४, शुक्रबार । नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनका लागि आज तोकिएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ। निर्वाचन समितिले अर्को सूचना नआएसम्मका लागि उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ– "नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, र संस्थागत शाखाको २०८१ असोज १२ गते हुने निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यक्रम पहिल्यै प्रकाशन गरिएको जानकारी गराइन्छ।"
साथै, समितिले भनेको छ, "निर्वाचन कार्यक्रम अन्तर्गत २०८१ असोज ०४ गतेका लागि तोकिएको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्रअनुसार अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको छ।"
कमेन्ट गर्नुहोस्
view comments