निर्वाचन आयोगले मंसिर १६ मा उपनिर्वाचनको सिफारिस गर्यो
3 महीना पहिले प्रकाशित
३० भदौ, काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदहरूको उपनिर्वाचनका लागि मंसिर १६ गतेको मिति सिफारिस गरेको छ। आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उपनिर्वाचनको मिति सिफारिस गरेका हुन्।
आयोगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति तोक्ने प्रचलन छ। हाल स्थानीय तहका विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्।
भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्तावको अध्ययन गरी छिटो मिति तय गर्ने आश्वासन दिए। उनले निर्वाचनलाई मितव्ययी, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गरिने पनि बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments