विश्वकर्मा पूजाको तयारीमा मूर्तिकारहरू व्यस्त, मूर्तिको माग उच्च
काठमाडौं , भदौ ३० गते । विश्वकर्मा पूजा नजिकिँदै गर्दा मूर्तिकारहरूलाई विश्वकर्माको मूर्ति बनाउन निकै व्यस्त भएको देखिन्छ। हिन्दू धर्मालम्बीहरूले भगवान विश्वकर्माको पूजा गर्दै प्रविधि, मेसिनरी र सवारी साधनहरूको विशेष पूजाआजा गर्ने परम्परा छ।
ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी-देवताका मूर्ति बनाउँदै आएका कलाकारहरू अहिले विश्वकर्माको मूर्ति बनाउनमा व्यस्त छन्। यसपटक दुई सय मूर्ति बिक्री गर्ने लक्ष्य रहेको मूर्तिकार विकाउ पण्डितले बताए। विगतका तुलनामा यस वर्ष मूर्तिको माग उच्च रहेको उल्लेख गर्दै पण्डितले मूर्तिहरू चार हजारदेखि १० हजार रुपैयाँसम्मको दाममा उपलब्ध रहेको जानकारी गराए।
विश्वकर्मा पूजाको दिन विशेष रूपमा सवारी साधनहरूको पूजा गर्ने परम्परा रहेको छ। ग्यारेज र कारखानालाई विशेष रूपमा सजाएर विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिन्छ, र पूजाको भोलिपल्ट मूर्तिलाई नदीमा विसर्जन गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments