काठमाडौं, भदौ २७ गते । जनमत पार्टीका अध्यक्ष सिके राउतले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालत ललितपुरमा दायर गरेका छन्। गत भदौ १२ गते राउतले सम्बन्ध नमिलेको कारण देखाउँदै 'अंश र सम्बन्धविच्छेद' माग गरेका हुन्।श्रीमतीसँगको सम्बन्धमा खटपट, छोराछोरीलाई आफूसँग राख्न राउतको मागराउतले श्रीमती भारतीय नागरिक रानीले माइतीमा बस्ने गरेको र सम्बन्ध राम्रो नभएको उल्लेख गर्दै मुद्दा हालेका छन्। उनले दुई छोरी र एक छोरालाई आफूसँगै राख्ने माग समेत गरेका छन्। अदालतले अब श्रीमतीलाई म्याद पठाउने जानकारी प्रवक्ता राम सजिवन महतोले दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments