नागरिक उड्डयन क्षेत्र सुधारको आवश्यकता

8 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारको अपरिहार्यता औंल्याएका छन्। काठमाडौंमा आइतबार आयोजित भाषा आयोगको नवौं स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई सशक्त र प्रभावकारी बनाउनु नै यो क्षेत्रमा सुधारको पहिलो र प्रमुख कदम भएको बताए। उनले पुनःसंरचनाको आवश्यकतामाथि जोड दिँदै नेपाल एयरलाइन्सले नै उड्डयन क्षेत्रमा विश्वसनीयता र प्रतिस्पर्धात्मक लाभ ल्याउन सक्ने उल्लेख गरे। उनले "नेपाल एयरलाइन्सको सुधारले मात्र बुद्ध एयरलाइन्स र कतार एयरलाइन्स जस्ता प्रतिस्पर्धी संस्थाहरूलाई नियमन गर्न सक्षम हुनेछ," भनी भनेका थिए।

 

 

मन्त्री पाण्डेले सत्य र निष्ठालाई आधार मानेर नीतिगत सुधारहरूलाई प्राथमिकता दिँदै मन्त्रालयको कार्यसम्पादनमा कुनै कमजोरी नराख्ने वाचा पनि गरे। साथै, उनले भाषाको संरक्षण र सम्बर्द्धनलाई नेपालको बहुसांस्कृतिक समृद्धिको आधार भने। भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषालाई संस्कृति र उत्पादन पद्धतिको आधार मानेर यसको गहन सर्भेक्षण र सिफारिसहरूको कार्यान्वयनमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?