शिक्षा तथा अनुसन्धान केन्द्रका निर्देशक पदका लागि पनि त्रिविको आवेदन आह्वान
8 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १७ गते । त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ वटा संकायका डीन पदहरूका लागि आवेदन खुला गरेको छ। त्रिवि सभा तथा कार्यकारी परिषद् छनोट समितिले चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि र पशुविज्ञान, वन विज्ञान, विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, र शिक्षा शास्त्र अध्ययन संस्थानका डीनका लागि आवेदन माग गरेको हो। यसका साथै, शिक्षा तथा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक र योजना निर्देशनालयको निर्देशक पदका लागि पनि आवेदन आह्वान गरिएको छ।
यस प्रक्रियामा भाग लिन इच्छुकहरूले कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्वघोषणा सहित आवश्यक कागजात पेश गर्नुपर्नेछ। त्रिभुवन विश्वविद्यालयले सावधिक पदमा नियुक्ति सम्बन्धी मापदण्ड र विश्वविद्यालयको नियमअनुसार आवेदन आह्वान गरिएको जनाएको छ। सात दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ, र राजनीतिक दलमा आबद्धता पुष्टि भएमा कारबाही गरिने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments