आदिपुरुषले रिलिज अघि नै कमायो ४३२ करोड

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ २० । प्रभास, कृति सेनन र सैफ अली खानको प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतहुलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।

 फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हो । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ । फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरुको ठोकुवा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?