एपीएफ क्लबलाई जितका लागि २ सय १२ रनको लक्ष्य
4 वर्ष पहिले प्रकाशित
माघ १७, २०७७
प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको हो । आर्मीका हरि चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोडे ।
अनिल मण्डल र बिक्रम शोब समान ११/११ रन बनाए । एपीएफका अविनाश बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।
कमेन्ट गर्नुहोस्
view comments