साउन पहिलो हप्तामा एसईईको नतिजा आउने
2 वर्ष पहिले प्रकाशित
असार २८ गते ।साउन पहिलो हप्तामा माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ ।
एसईई परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार मसान्तभित्र रिजल्ट सार्वजनिक गर्ने भनेर तयारी थालेपनि उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला भएको बताए ।
उनले सम्भवत साउन पहिलो हप्ताभित्र रिजल्ट सार्वजनिक गर्ने बताए।
असार २१ मा देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भइसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments