अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपूर १४ अप्रिलमा विवाह गर्दै

3 वर्ष पहिले प्रकाशित

चैत २९ गते । अभिनेत्री आलिया भाट र अभिनेता रणवीर कपूर १४ अप्रिलमा विवाह गर्दैछन्। यी दुईको विवाहको मिति तय भएसँगै प्रेमको पनि चर्चा हुने गरेको छ।

आलिया भाटले सन् २०१२ मा चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। रणवीर आलियालाई मन पर्छ भन्नेबारेमा उनले चलचित्र क्षेत्रमा आउनु अगाडि नै भनेकी थिइन्।

त्यसरी शुरु भएको यो यात्रा अहिले विवाहसम्म आइपुगेको छ।
बिबिसीलाई आलियाका काका रबिन भट्टले यी दुईको विवाह १४ अप्रिलमा आरके हाउसमा हुन लागेको र विवाह पछिको रिसेप्शन ५ दिनको अर्थात १७ देखि १८ अप्रिलसम्म हुने बताएका छन्।

आलिया–रणवीरको विवाहमा यी दुई परिवारका नजिकका आफन्तहरु सहभागी हुने बताइएको छ। खबर अनुसार आलिया आफ्नो नजिकको साथीहरुलाई व्याचलर्स पार्टी पनि दिँदैछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?