बिजुलीको माग व्यवस्थापनबारे प्राधिकरण उद्योगीहरुसँग छलफल गर्दै

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १० गते ।रुस-युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ । भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् । यसले गर्दा यो सुक्खायामको प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।

मागअनुसार बिजुली दिन सकस हुने भएपछि उद्योगहरुमा लोड व्यवस्थापनका लागि प्राधिकरणले उद्योगी व्यवसायीसँग सहयोग माग्न लागेको हो । बिहीबार विहान प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उत्पादक संघ, स्टिल उद्योग संघ लगायतसँग छलफल गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?