चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : पाँच प्रदेशमा भारी वर्षाको जोखिम

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, कार्तिक १३ गते । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न भागमा वर्षा भइरहेको छ। शुक्रबार बिहानैदेखि परेको झरीका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ। वर्षाले सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपेको छ भने मौसमसमेत चिसिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। वर्षाका कारण पहिरो, सडक तथा हवाई यातायातमा अवरोध हुन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। शनिबारसम्म पनि विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?