मकवानपुरको मनहरिमा बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत ४ गते ।मकवानपुरको मनहरिमा बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा ना ४ ख ४४५४ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा रहेका त्यहीँ ठाउँका २९ वर्षीय शम्भु दराई मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?