चितवनमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ४ गते ।चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी हुँदा ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दानालगायत जलेर नष्ट भएको छ।
यस्तै फार्ममा रहेको १२ सय कुखुरा र झण्डै एक हजार चल्ला नष्ट भएको उहाँले जानकारी दिनुभयो । बिहान साढे ४ बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका छन् ।आगलागीको कारण भने खुल्न सकेको छैन ।
कमेन्ट गर्नुहोस्
view comments