प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २९ गते ।मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
पदोन्नती हुनु भएका उपरथी प्रेमध्वज अधिकारी श्री राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति हुनु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments