राहदानी विभागले जिल्लाबाटै ई–पासपोर्टको फारम भर्न आग्रह
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २७ गते ।राहदानी विभागले जिल्लाबाटै ई–पासपोर्टको फारम भर्न आग्रह गरेको छ।
पासपोर्टका लागि एक लाख भन्दा बढी आवेदन परेपछि विभागले द्रूत सेवाका लागि भनेर पैसा तिर्दा समेत समयमै पासपोर्ट उपलब्ध गराउन सकेको छैन।
काठमाडौंमा राहदानी लिनेको भिड बढेपछि विभागले पासपोर्टका लागि जिल्लाबाट आवेदन गर्न आग्रह गरेको हो। ‘धेरैलाई जिल्लाबाट आवेदन गर्दा ३० देखि ४५ दिन लाग्छ भन्ने बुझाई छ’, विभागका प्रवक्ता शरदराज आरनले भने, ‘त्यो पूर्ण रूपमा गलत हो। काठमाडौंबाट नजिकका जिल्लामा ढिलोमा १० दिन र टाढाका जिल्लामा १५ दिनमा पाइन्छ।ु
विभागका अनुसार प्रत्येक हप्ता जिल्लाबाट आएका पासपोर्टका आवेदनका आधारमा छपाई गर्ने र हुलाकमार्फत् पठाउने व्यवस्था मिलाइएको छ। ‘जसलाई इमर्जेन्सी परेको छ र एक हप्तामा पासपोर्ट चाहिएको छ उहाँहरु मात्र काठमाडौं आउनु उपयुक्त हुन्छ’, आरनले भने, ‘छिटो हुन्छ भनेर आउनेको भीड काठमाडौंमा बढेको छ।’
आरनले अहिले राहदानी विभागले दैनिक ९ हजारसम्म पासपोर्ट छपाई गर्नसक्ने बताए। विभागका अनुसार अहिलेसम्म ५५ जिल्ला प्रशासन कार्यालय र ८ वटा इलाका प्रशासन कार्यालयबाट ई(पासपोर्टको आवेदन दिने व्यवस्था भइसकेको छ।
आरनले काठमाडौंमा आएर आवेदन गर्नेले पनि अहिले ३ दिन भित्र पासपोर्ट पाउने अवस्था नरहेको बताए।
‘राहदानी विभाग आए पनि ३ दिनको गणना आवेदन फारममा उल्लेख भएको मितिबाट ३ दिनपछि पाइन्छु, आरनले भने, ुदुई हजार मान्छेले आवेदन गरेको अवस्थामा आजको भोलि दिन सकिन्थ्यो। २० हजार मान्छेले भरेपछि १० दिनपछि मात्र दिन सकिन्छ। अहिले लगभग एक लाखले फारम भर्नुभएको छ। मार्च १० गते फारम भर्नेले अप्रिल ७ गतेको मिति पाउनुहुन्छ। त्यसको तीन दिनपछि पासपोर्ट पाइन्छ।’
जिल्लाबाट पासपोर्ट आवेदन गर्न ५ हजार शुल्क लाग्छ भने काठमाडौंमा तीन दिन भित्र पासपोर्ट प्राप्त गर्न १२ हजार शुल्क तोकिएको छ।
पासपोर्ट हराएर आवेदन गर्नेलाई विभागले १७ हजार शुल्क लिने गरको छ। ६४ पेजको पासपोर्ट लिनेलाई २० हजार शुल्क लिने गरेको छ। ६४ पृष्ठको पासपोर्ट हराउनेलाई २५ हजार शुल्क विभागले लिने गरेको छ।
ई(पासपोर्ट सेवा उपलब्ध गराउन सुरू गरेका जिल्ला प्रशासन कार्यालयले कर्मचारी अभाव रहेको बताउँदै आएका छन्।
आरनका अनुसार गृह मन्त्रालयलाई कर्मचारी उपलब्ध गराउन पत्राचार गरिएको छ। ुकम्युप्टर अपरेटर दिनुपर्यो भन्ने जिल्ला प्रशासन कार्यालयको माग छु, आरनले भने, ुव्यवस्थापनको काम सरकारले गर्नुपर्छ। करारबाट भए पनि कम्युप्टर सम्बन्धी जानेको जनशक्ति चाहिन्छ।ु
काठमाडौंको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा ई(पासपोर्टको आवेदन दिन बिहान ४ बजेदेखि नै सर्वसाधारण लाइन लाग्न पुग्ने गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments