संखुवासभा बस दुर्घटना: ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, ५ जनाको उद्धार
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २६ गते ।संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५ जनाको उद्धार गरिएको छ ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन । दुर्घटनामा घाइते पाँच जनामध्ये केहीको अवस्था गम्भीर छ ।
बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ । बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments