संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २६ गते । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।
बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका १२ जनाको परिचय खुल्न बाँकी छ । बसमा १५ जना यात्रु र चालक, सहचालक रहेका प्रहरीले जनाएको छ । घाइते भएका ३ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments