अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन २३ गते । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी ९बलात्कार० गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
कमेन्ट गर्नुहोस्
view comments