नयाँबजारमा रहेको समृद्ध फार्मेसीमा लुटपाट गरेको आरोपमा आठ जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २० गते ।काठमाण्डौको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीमा लुटपाट गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

गएको १२ गते प्रहरी हौँ, अनुगमन गर्न आएको भन्दै फार्मेसीमा छिरेको समूह काउण्टरबाट नगद, मोबाइल तथा घडी लुटपाट गरी भागेको थियो । पक्राउ पर्नेहरुमा एक जना प्रहरी र एक जना पूर्व प्रहरी समेत रहेका छन् ।

सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान सुवास रतोकीसहित आठ जना पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?