ट्याक्टरको ठक्करबाट चितवनमा ट्राफिक प्रहरीका एकजना सईको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २० गते । चितवनको भरतपुर महानगरपालिका(६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका(१४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेलको गएराति मृत्यु भएको हो ।गएराति ९ बजेतिर महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकलमा सवार पौडेललाई ठक्कर दिएको थियो । पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?