एनपीएलमा आज जनकपुर र काठमाडौंको भिडन्त, साँझ कर्णालीसँग विराटनगरको परीक्षा
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १२ गते । गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्। प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो भने जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रनेछ। यसअघि जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो।
आजको दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। यसअघि जनकपुरलाई हराएको कर्णाली लगातार अर्को जित निकाल्ने लक्ष्यमा हुनेछ। उता, पहिलो खेलमा चितवन राइनोजसँग पराजित विराटनगर पनि जितको लयमा फर्कने प्रयास गर्नेछ।
कमेन्ट गर्नुहोस्
view comments