चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको आशंका, उद्धारका लागि टोली परिचालन

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र २१ गते ।  भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र ६ जना फसेको जानकारी आएको हो।

त्रिशूली–३ एमा फसेका दुई जनाको उद्धार गरेर फर्किएका न्यौपाने उद्धारमा आफ्नो अनुभव र प्राविधिक ज्ञान उपयोग गर्न चिलिमेतर्फ जाँदै छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अनुसार बाढीपछि आयोजनामा कार्यरत ७१ जनामध्ये ६ जना सम्पर्कविहीन छन् भने अन्य कर्मचारी सुरक्षित स्थानमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?