मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
19 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ९ गते । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै वि.सं. २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको हो। मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामनासमेत व्यक्त गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments