सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलन स्थगित

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र १ गते । आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएको छ। मन्त्री र सचिवसहित मन्त्रालयका अधिकारी तथा सङ्घका अध्यक्ष, सल्लाहकार र पदाधिकारीबीच भएको छलफलपछि सङ्घले सञ्चालन गर्दै आएको आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

सङ्घले राखेका १५ बुँदे मागमध्ये अधिकांश विषय नीतिगत रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जानकारी गराएको छ। व्यवसायीले थप प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिए आवश्यक प्रशासनिक सहजीकरण गर्ने र विभागबाट समाधान नभए मन्त्रालयमा पुनरावेदन गर्न सकिने सहमति भएको छ। सहमतिपछि सङ्घले भदौ १ गतेदेखि सञ्चालन गरेका सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?